राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले सिजनको सहिद स्मारक ए डिभिजन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेल्ने भएका छन्।
क्लबले अनिलसँग सम्झौता भएको शुक्रबार सार्वजनिक गरेको हो। क्लबले अनिलसँंगै उत्तम गुरुङ र विजय गुरुङलाई पनि टिममा आबद्ध गरेको जनाएको छ।
अनिलले गत सिजनको लिग थ्रीस्टारबाट खेलेका थिए। त्यसअघि उनले लामो समय मनाङ मर्स्याङ्दीबाट फुटबल खेलेका थिए।
राष्ट्रिय फुटबल टिमबाट यसअघि नै संन्यासको घोषणा गरिसकेका अनिलले फेरि ब्रिगेडमा फर्कदा खुसी लागेको बताएका छन्।
सन् २००४ मा अनिलले ब्रिगेडबाट ए डिभिजन लिगमा डेब्यू गरेका थिए।
सिजनको लिग शनिबारबाट सुरु हुँदैछ। पहिलो खेलमा ब्रिगेड र मच्छिन्द्र क्लबबीच खेल हुँदैछ।