वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेको १ मिनेटमा नै बार्सिलोनाका लागि १७ वर्षिय अन्सु फातीले गोल गरेपछि इन्टर मिलानको च्याम्पियन्स लिगको यात्रा टुङ्गिएको छ।
१-१ को बराबरीको अवस्थामा ८५ औं मिनेटमा मैदान छिरेका बार्सिलोनाका अन्सु फातीले लुइस स्वारेजको पासमा गोल गर्दै इन्टर मिलानको अन्तिम १६ मा पुग्ने बाटो समाप्त पारिदिएका हुन्।
यस गोलले फातीलाई च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरका खेलाडीसमेत बनाएको छ।
मंगलबार राति च्याम्पियन्स लिग अन्तरगत भएको समूह 'एफ'को खेलमा कार्लेस पेरेजले २४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
उसको सो अग्रतालाई ४४ औं मिनेटमा इन्टर मिलानले बराबरी गर्यो। मिलानका लागि सो बराबरी गोल रोमेलु लुकाकुले गरेका थिए।
जितपछि ६ खेलबाट १४ अंक जोडेको बार्सिलोना यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ।