म्यानचेस्टर सिटीका पोर्चुगिज फरवार्ड बेर्नान्डो सिल्भालाई १ खेल प्रतिबन्ध र ५० हजार पाउन्ड जरिवाना गरिएको छ।
सहकर्मी बेन्जामिन मेन्डेमाथि 'जोक' गर्दै ट्विटरमा पोस्ट गरेको भन्दै उनीमाथि कारबाही गरिएको हो। उनले मेन्डेलाई स्पेन र पोर्चुगलमा पाइने चकलेटसँग तुलना गरेर ट्विटरमा लेखेका थिए।
तर यो पोस्ट जातीय विभेद भएको भन्दै विरोध भएको थियो। विरोधपछि उनले ४६ मिनेटपछि पोस्ट हटाएका थिए।
कारबाहीसँगै सिल्भाले २३ नोभेम्बरमा चेल्सीविरुद्ध हुने खेल गुमाउने भएका छन्।