युरोपियन देशका फुटबल लिग सुरु हुनुअघि अहिले क्लबहरु एसिया र अमेरिका भ्रमणमा छन्। भ्रणका दौरान प्रिसिजन अभ्यासको रुपमा रहेको इन्टरनेसनल च्याम्पियन्स कपका खेल भइरहेका छन्।
कपअन्तर्गत शनिबार भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ।
म्यानचेस्टरले सिंगापुरमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले हरायो। म्यानचेस्टरको जितमा १७ वर्षीय फरवार्ड मासन ग्रिनउडले गोल गरे। उनले खेलको ७६ मिनेटमा गोल गरे।
यता अमेरिकाको टेक्ससमा भएको खेलमा जर्मन च्याम्पियन वायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई ३-१ ले हरायो।
म्युनिखका लागि कोरेन्टिन टोलिसोले १५, रोबर्ट लिवान्डोस्कीले ६७ र सेर्जी जीनर्बीले ६९ मिनेटमा गोल गरे। रियलका लगि रोद्रिगो गोइसले ८४ मिनेटमा गोल फर्काए।
म्युनिखका स्भिन उलरिचले ८१ मिनेटमा रातो कार्ड पाउदै मैदान छाडेका थिए।
अर्को खेलमा आर्सनलले फ्लोरेन्टिनलाई ३-० गोलले हराएको छ।