स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई भित्र्याएको छ। बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो।
२८ वर्षीय विश्वकप विजेता ग्रिजम्यानले ५ वर्षको सम्झौता गरेको हो। उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ।
ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लब रियल सोसिडाडबाट एट्लेटिकोमा आबद्ध भएका थिए। त्यसयता उनले एट्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका थिए।
उनले सन् जुन २०१८ मा एट्लेटिकोसँग पाँच वर्षको सम्झौता गरेका थिए। तर गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए।
यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।
ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।
ग्रिजम्यान बार्सिलोनाले सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।