कोपा अमेरिका अन्तर्गत आज सम्पन्न भएको समूह 'ए'को खेलमा भेनेजुयला विजयी भएको छ।
भेनेजुयलाले बोलिभियालाई ३-१ ले पराजित गरेको हो।
यस खेलमा भेनेजुयलाले खेलको दोश्रो मिनेटमा नै अग्रता लिएको थियो। डार्विन माचिसको गोलमा अग्रता लिएको भेनेजुयलाले बाँकी दुई गोल खेलको दोश्रो हाफमा गरेको थियो।
उसका लागि दोश्रो गोल खेलको ५५ औं मिनेटमा माचिसले नै गरेका थिए भने तेश्रो गोल जेसेफ मार्टिनेज ८६ औं मिनेटमा गरे।
यस्तै बेलिभियाको लागि एकमात्र गोल लियोनेल जस्तिनिएनोले खेलको ८२ औं मिनेटमा गरेका थिए।
जितसँगै भेनेजुयला कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ५ अंक जोडेर ऊ आफ्नो समूहमा दोश्रो भएको छ।