कोपा अमेरिका अन्तरगत शनिबार सम्पन्न खेलमा चिलीले इक्वेडरलाई २-१ गोलले पराजित गरेको छ।
समूह 'सि' अन्तरगत भएको खेलमा आठौं मिनेटमा चिलीले अग्रता लिएको थियो। चिलीले सो अग्रता जोसे पेड्रो फियोनजालिदाको गोलमा लिएको हो।
त्यसपछि १ गोलले अघि रहेको चिलीलाई इक्वेडर खेलको २६ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गरेको थियो।
यसरी पहिलो हाफ १-१ को बराबरी सकिएको खेलमा चिलीले एलेक्सिस सान्चेजको गोलमा खेलको ५१ औं मिनेटमा फेरि अग्रता कायम गर्यो।
त्यसपछि खेलमा कुनै गोल भएन र जित चिलीले हात पार्यो।
यस खेलको ८९ औं मिनेटमास इक्वेडरका ग्याब्रियल एचिलरले रातो कार्ड खाए।
दोश्रो जितसँगै चिली आफ्नो समूहको शीर्ष स्थानमा कायमै रहेको छ। उसले २ खेलबाट ६ अंक बटुलेको छ भने लगातार दुई खेल हारेको इक्वेडर अंक बिहिन हुँदै अन्तिम स्थानमा रहेको छ।
लगातारको हारले उसको यस संस्करणको कोपा अमेरिका यात्रा समूह चरणबाटै सकिएको छ।