नेपालको तेस्रो डिभिजनको फुटबल लिग सी डिभिजन खेल्नका लागि तीन वटा क्लब बढुवा भएका छन्।
झापा-११, विरगञ्ज युनाइटेड र चर्च ब्याइज क्लब सी डिभिजनमा बढुवा भएका हुन्। चर्च ब्याइज काठमाडौंको क्लब भने बाँकी दुई क्लब उपत्यका बाहिरका हुन्।
सी डिभिजनको छनोटमार्फत बढुवा भएसँगै तीन वटै क्लबले यो सिजनको सी डिभिजन लिग खेल्न पाउनेछन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको छनोटमा ३८ टिमले भाग लिएका थिए।
अन्तिम दिनको खेलमा विरगन्जले स्पोर्टस एकेडेमी साँगालाई ३–१ ले हरायो।
त्यसअघि चर्च ब्वाइजले सुन्धारा युवा क्लबलाई ५–० र झापा ११ ले सरस्वतीनगर स्पोर्ट्स क्लबलाई १–० गोलले हराएर सी डिभिजनमा स्थान पक्का गरेका थिए।