ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा समूह 'सि' अन्तरगत भएको खेलमा सोमबार उरूग्वेले इक्वेडरलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
इक्वेडरलाई ४-० ले पराजित गर्नेक्रममा उरूग्वेले खेलको ६ औं मिनेटमा पहिलो अग्रता लिएको थियो। सो गोल लिकोलस लौडीएरोले गरेका थिए।
त्यसैगरी २४ औं मिनेटमा रातो कार्ड खाएर जोसे क्विन्टेरोस मैदानबाट बाहिरिन बाध्य भएपछि १० खेलाडीमा सिमित भएको इक्वेडरमाथि उरूग्वेले दोश्रो अग्रता खेलको ३३ औं मिनेटमा एडिन्सन काभानीको गोलबाट लियो।
उरूग्वेका लागि तेश्रो गोल लुइस स्वारेजले गरे। उनले ४४४ औं मिनेटमा सो गोल गरेका हुन्।
यसरी पहिलो हाफमा नै ३-० को फराकिलो अन्तर बनाएको उरूग्वेले चौथो गोल भने विपक्षी टोलीका अर्टुरो मिनाको आत्मघाती गोलबाट उपहार पायो। सो आत्मघाती गोल खेलको ७८ औं मिनेटमा भएको हो।
त्यसैगरी समूह 'बि" अन्तरगत कतार र पाराग्वेबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।