छैठौं रमपम उदयपुर गोल्डकप जेठ ३२ गतेदेखि सुरू हुने भएको छ।
जिल्ला सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन्।
प्रतियोगितामा जम्मा ८ वटा टोलीले सहभागिता जनाउनेछन्। जसमा आयोजक उदयपुर ११ सहित एपीएफ, संकटा, नेपाल पुलिस, रुपन्देही, मोरङ, सुनसरी र झापा ११ छन्।
प्रतियोगिताको उद्घाटन खेल एपीएफ काठमाडौं र न्यू स्टार सुनसरीबीच हुनेछ। खेल दिउँसोको ३ बजे सुरू हुनेछ।
प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।
प्रतियोगिता सम्पन्न गर्न ५३ लाख खर्च हुने अनुमान गरिएको छ। जसमा त्रियुगा नगरपालिकाले १० लाख सहयोग गरेको छ।
यसअघिको संस्करण थ्री स्टारले जितेको थियो।