आर्सनललाई हराउँदै चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनल खेलमा अर्को लण्डन क्लब आर्सनललाई ४–१ ले पराजित चेल्सीले उपाधिमा कब्जा जमाएको हो ।
चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरे । यस्तै सो जितमा ओलिभर जिरउड र पेड्रोले एक एक गोल गरेका थिए।
आर्सनलका लागि एकमात्र गोल एलेक्स इवोबीले गरे।
हिजोको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
चेल्सीले खेलको ४९ औँ मिनेटमा जिरउडको गोलबाट खाता खोलेको थियो । त्यसपछि ६० औँ मिनेटमा पेड्रोले टोलीका लागि दोश्रो गोल गरे ।
ततःपश्चात हजार्डले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको अग्रतालाई ३–० मा पुर्याए। ३-० ले पछि परेको आर्सनलले ६९ औँ मिनेटमा गोल फर्कायो। सो गोल इवोबीले गरे ।
त्यसपछि ७२ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको नतिजालाई ४–१ मा पुर्याए र खेल उपाधिमा चेल्सीले कब्जा जमायो।