दोश्रो लेगमा बार्सिलोनालाई ४-० ले स्तब्ध पार्दै ईङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
संमग्रमा ४-३ ले पराजित गर्दै ऊ लगातार दोश्रोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।
पहिलो लेग बार्सिलोनाले ३-० ले जितेको थियो।
लिभरपुलको जितमा डिभोक ओरिगी र परिवर्तित खेलाडी जियोरजिनियो वाइनाल्डमले २-२ गोल गरे।
हिजोको खेलमा पहिलो अग्रता लिभरपुलले खेलको सातौं मिनेटमा ओरिगीको गोलमा लिएको थियो।
त्यसपछि दोश्रो हाफमा उसले दोश्रो गोल गर्यो। सो गोल वाइनाल्डमले खेलको ५४ औं मिनेटमा गरेका थिए। उनी एन्ड्रियू रोबर्टसनको स्थानमा मैदानमा छिरेका थिए। त्यसपछि लिभरपुलले खेलको ५६ औं र ७९ मिनेटमा गर्यो। ती गोलहरू क्रमशः वाइनाल्डम र ओरिगीले गरेका हुन्।
हिजोको खेलमा आफ्ना दुई स्टार खेलाडीहरू मोहम्मद सलाह र रोबेट्रो फिर्मिनो बिनानै मैदानमा उत्रेको थियो।
उनीहरूको अनुपस्थितिमा लिभरपुललाई खेल्न असहज हुने अनुमान गरिएको थियो तर त्यसो भएन।
अब उपाधिका लागि लिभरपुलले बुधबार राति हुने अजाक्स र टोटनह्यामविचको खेलको बिजेतासँग खेल्नेछ।