आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरूष फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ।
बुधबार नेपालगञ्ज रङ्गशालामा उपाधिका लागि भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी विजेता बन्न सफल भएको हो। आर्मीका लागि खेलको ४३औं मिनेटमा जर्सी नं. ४ का विकास तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
एपिएफ तेस्रो
बुधबार नै भएको त्यसअघिको प्रतियोगितामा प्रदेश नं. ५ लाई ७–१ गोल अन्तरले पराजित गर्दे सशस्त्र प्रहरीको एपिएफले तेस्रो भयो।