इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीसँग २-२ को बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ ।
हिजको खेलमा पहिलो गोल गर्दै बर्नलीले अग्रता कायम गरेको थियो। सो गोल खेलको आठं मिनेटमा जेफ हेन्ड्रिकले गरेका थिए।
त्यसपछि खेलको १२ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। एन्गोलो कान्टेले सो बराबरी गोल फर्काएका थिए।बराबरी गोल फर्काएको चेल्सीका लागि गोन्जालो हेगुइनले १४ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता कायम गरे।
चेल्सीको सो अग्रतालाई एश्ली बार्नेसले खेलको २४ औं मिनेटमा गोल गर्दै बराबरी गरे। त्यसपछि दुबै टोलीले गोल गर्न नसकेपछि खेल २-२ को बराबरीमा सकिएको थियो।
बराबरीको नतिजासँगै चौथो स्थानमा उक्लेको चेल्सीको ३५ खेलबाट ६७ अंक जोडेको छ। लिगको शीर्ष स्थानमा ८८ अंकसहित लिभरपुल रहेको छ।