म्यानचेस्टर युनाइटेडलाई एभर्टनले ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
इङ्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा युनाइटेडलाई ४ -० ले पराजित गर्ने क्रममा १३ औ मिनेटमा फरवार्ड रिचार्लीसनले एभर्टनका लागि पहिलो गोल गरेका थिए।
त्यसपछि खेलको २८ औं मिनेटमा गिल्फी सिगर्डसनले गोल गर्दै अग्रतालाई दोब्बर पारे । पहिलो हाफ २-० को नतिजामा सकिएको खेलमा तेश्रो गोल एभर्टनका लागि खेलको ५६ औं मिनेटमा लुकास डीग्नेले गरे।
३-० ले पछि रहेको म्यानचेस्टर युनाइटेड विरूद्ध एभरटनका वालकटले खेलको ६४ औं मिनेटमा चौथो गोल गरे।
हारसँगै युनाइटेडले शीर्ष ४ मा प्रवेश गर्न असफल भएको छ। ३४ खेलबाट युनाइटेडले ६४ अंक जोडेको छ । उ लिगको छैटौं स्थानमा रहेको छ। ८८ अंक सहित लिभरपुल पहिलो स्थानमा रहेको छ।
यसैगरी लिगको दोश्रो, तेश्रो तथा चौथो स्थानमा क्रमशः ८६, ६७ र ६६ अंकसहित म्याचेस्टर सिटी, टोटनह्याम तथा आर्सनल रहेका छन्।