आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिसको महिला फुटबल टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
दाङको घोराहीमा भएका चार प्रतियोगितामा जित निकाल्दै महिला फुटबल टिम सेमिफाइनल प्रवेश गरेको हो।
यसैबीच घोराहीको भरतपुर खेलकुद मैदानमा आइतबार बिहान भएको खेलमा प्रदेश नं. २ लाई शून्यका विरूद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला फुटबल टिमले जारी आठौं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा चौथो जित निकालेको हो।
पुलिसको जितका लागि खेलडीहरू जर्सी नं. १४ की खेलाडी निरु थापा र जर्सी नं. १९ की रञ्जीता गुरुङले २–२ गोल गरेका थिए । त्यस्तै जर्सी नं. ७ की खेलाडी निर्मला विक र जर्सी नं. ८ की खेलाडी सिर्जना खड्काले समान १–१ गोल गर्दै पुलिसलाई जिताएका हुन्।
प्रतियोगिताका लिग अन्तर्गतका चार खेल खेलेको पुलिसको महिला फुटबल टिमले चार खेलमा जित निकालेको हो। नेपाल पुलिसको महिला फुटबल टिमले प्रदेश नं. २ , प्रदेश नं. ३, प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका महिला खेलाडीलाई जित्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।