सर्वियाविरूद्धको युरोकप २०२० छनौट खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो घाइते भएका छन्।
उनी खेलको ३१ औं मिनेटमा घाइते भएका हुन्। तत:पश्चात पोर्चुगलले उनलाई मैदान बाहिर लाने निर्णय गरेको थियो। उनलाई हामस्ट्रिङ इन्जुरी भएको हो।
सो खेल १-१ गोलको बराबरीमा सकिएको छ। अघिल्लो खेलमा पनि पोर्चुगलले बराबरी नतिजा निकालेको थियो। शुक्रबार भएको खेलमा ऊ युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।