एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल ओमानसँग १-० ले पराजित भएको छ।
शुक्रबार कतारको दोहा स्पोर्टस सिटीको एस्पायर–४ रंगशालामा सम्पन्न खेलमा नेपालले १३ औं मिनेटमा खाएको गोल नै हारको कारण बन्यो। ओमानका अल मल्कीले सो गोल गरेका थिए ।
सुरूवातमै गोल खाएको नेपालले त्यसपछि भने रक्षात्मक खेल खेल्दे ओमानलाई थप गोल गर्न दिएन।
ओमानबाट खेल अवधिभर आक्रमणको दबाब झेलेको नेपालले स्मरणिय आक्रमण गर्न सकेन।
पहिलो खेल हारेको नेपालले अब समूह ‘ए’ मा कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । नेपालले दोस्रो खेलमा आइतबार कतार र तेस्रोमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।
११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टोलीले थाइल्याण्डमा ८ देखि २६ जनवरीसम्म हुने एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।