अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लियोनेल मेस्सीको पुनरागमन बिर्सनलायक बनेको छ। शुक्रबार भेन्जुयलासँग भएको मैत्रीपूर्ण खेल अर्जेन्टिनाले ३-१ ले हारेपछि मेस्सीको पुनरागमन बिर्सनलायक बनेको हो।
रसिया विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका मेस्सीले हिजोको खेलमा गोल गर्न पनि सकेनन्।
यसअघि अर्जेन्टिनाले खेलाका ६ अन्तराष्ट्रिय खेल मेस्सीले खेलेका थिएनन्।
अर्जेन्टिनालाई ३-१ ले पराजित गर्ने क्रममा भेनजुयलाले खेलको पहिलो ६ मिनेटमा नै अग्रता लिएको थियो। सो गोल सलोमन रोण्डेनले गरेका थिए।
भेनेजुयलाले सो अग्रतालाई पहिलो हाफको ४४ औं मिनेटमा जोन मुरिलोले गोलले दोब्बर पारेको थियो। ।
पहिलो हाफ २-० सकिएको खेलमा भेनजुयलाको लागि तेश्रो गोल जेसेफ मार्टिनेजले पेनाल्टी मार्फत गरे। अर्जेन्टिनाका हुवान पोयेथले पेनाल्टीवक्समा फल गरेपछि खेलको ७५ औं मिनेटमा पेनाल्टी दिइएको थियो।
यसेगरी अर्जेन्टिनाका लागि एक मात्र सान्त्वना गोल लौटोरेले गरेका थिए।