साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा नेपाल भारतसँग ३-१ ले पछि परेको छ। विराटनगरको सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहँदासम्म भारतले नेपालमाथि ३-१ को अग्रता बनाएको छ।
खेलको ६३ औं मिनेटमा भारतकी ग्रेस डाङमेयी ले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाएकी थिइन्। त्यसपछि ७७ औं मिनेटमा अञ्जु तामाङले गोल गर्दै अग्रता दोब्बर पारिन्।
यसअघि पहिलो हाफमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलको सुरूवातबाट नेपालले दबाब बनाए पनि अग्रता भारतले लिएको थियो ।
खेलको २६ औं मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन्। उनले ३० यार्ड टाढाबाट हानेको फ्रिकिक प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन्।
लगत्तै नेपाल सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन्। उनले गिता राईको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल रहिन्।