विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलको पहिलो हाफसम्म नेपाल र भारत दुबै टोलीले १-१ गोल गरेका छन्।
भारतका लागि खेलको २६ औं मिनेटमा डालिमा चिब्बरले गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन्। तर त्यसको ६ मिनेटपछि नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
साबित्राको जारी प्रतियोगितामा यो चौथो गोल हो।