इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भएको छ ।
पराजित भएसँगै लिगको शीर्ष चारमा बस्ने उसको लक्ष्यमा गम्भिर धक्का लागेको छ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा एभर्टनका लागि ४९ औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसपछि ७२ औँ मिनेटमा गुल्फी सिगुडर्सनले टोलीका लागि दोश्रो गोल गरे।
खेल अवधिभर धेरैजसो समय बल आफ्नो नियन्त्रणमा राखेको चेल्सीले गोलका केहि महत्वपूर्ण अवसरहरू गुमायो।
उसका लागि इडन हर्जाड र पेड्रोले गरेका प्रहारहरू गोलमा परिणत हुन सकेनन्।
हारसँगै चेल्सीको शीर्ष चारमा अटाउँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना कठिन बनेको छ ।
छैटौँ स्थानमा रहेको चेल्सीको ३० खेलबाट ५७ अंक जोडेको छ ।