घरेलु मैदानमा इङ्लिश क्लब म्यानचेस्टर युनाइटेडसँग ३-१ ले हारेर च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले घरेलु फ्रेन्च लिगमा भने आफ्नो शानदार प्रदर्शनलाई कायम राखेको छ।
उसले मंगलबार सम्पन्न भएको खेलमा डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।
अवे मैदानमा ४-० को नतिजा निकाल्ने क्रममा। पिएसजीका लागि मार्क्वीन्होस, केलियन एमबाप्पे, एन्जल डी मारिया र चुपो मोटिङ्गले एक एक गोल गरेका थिए ।
पहिलो हाफमा पिएसजीले दुई गोल गरेको थियो भने बाँकी दुई गोल उसले दोश्रो हाफमा गर्यो। हिजोको खेलमा पिएसजीका लागि पहिलो गोल खेलको सातौं मिनेटमा मार्कीन्होसले गरेका हुन्।
त्यसपछि दोश्रो गोल खेलको ४० औं मिनेटमा एमबाप्पेले गरेका हुन्।
यसैगरी खेलको दोश्रो हाफमा पिएसजीका लागि ५० औं मिनेटमा एन्लज डि मारियाले गरे भने अतिरक्त समयको दोश्रो मिनेटमा चुपो मोटिङ्गले चौथो गोल गरेका हुन्।
जितसँगै लिगको शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ७४ अंक बटुलेको छ।
चोटका कारण पछिल्लो समय पिएसजी आफ्ना दुई स्टार खेलडीहरू नेइमार तथा खबानी बिना नै मैदानमा खेल्दै आएको छ। चोटका कारण दुबै जना हाल आराम गरिरहेका छन्।