चोटका कारण नेइमारलाई मैदानबाहिर राख्न बाध्य फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन(पिएसजी)ले आफ्नो अर्को महत्वपूर्ण खेलाडीलाई पनि मैदान बाहिर राख्नुपर्ने भएको छ। काभानी पनि चोटग्रस्त भएपछि यस्तो भएको हो ।
च्याम्पियन्स लिग फुटलबको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पिएसजीले मंगलबार राति वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ ।
काभानी शनिबार राति लिग वान अन्तर्गतको खेलमा घाइते भएका हुन् । पिएसजीका प्रशिक्षक थोमस टुसिलले कभानी पहिलो लेगमा मैदानमा नहुने बताएका छन् ।
कभानीलाई कम्मरमा चोट लागेको छ । मार्च ६ मा हुने दोस्रो लेगमा भने काभानी मैदानमा हुने बताइए पनि नेइमारले भने सो खेल पनि गुमाउने छन् ।
आफ्ना दुई उत्कृष्ट खेलाडीबिना मैदानमा उत्रनु आफ्नो क्लबका लागि गम्भीर चिन्ताको कारण रहेको प्रशिक्षक टुसिलले बताएका छन् ।