उपाधिको दाबेदार थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको नवौ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको छ।
यो बराबरी सँगै थ्री स्टारको दोस्रो स्थानमा उक्लिने मौका गुमाउनुका साथै शीर्ष स्थानको मनाङसँगको अंक दुरी पनि बढाएको छ।
बुधबार ललितपुरको सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको दोस्रो खेलमा थ्री स्टारले आर्मीसँग १-१ गोलको बराबरी खेलेको हो।
थ्री स्टारका लागि निराजन खड्का र आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गरेका थिए।
पहिलो हाफसम्म गोलरहित बराबरी भएको अल अत्यान्त प्रतिश्पर्धात्मक थियो।
खेलमा दुबै पक्षबाट गोलका केही राम्रा प्रयास भए पनि गोल गर्न सकेनन्।
दोस्रो हाफको ७० औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई सुरूवाती अग्रता दिलाए।
अजायी मार्टिन्सको पासमा खड्काले गोल गरेका थिए।
त्यसपछि खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए।
यो बराबरीसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा अडिएको छ। थ्री स्टारले ९ खेलमा ८ जित, १ बराबर र १ हारसहित २२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको संकटाको ९ खेलमा ८ जितसहित २४ अंक छ।
शीर्ष स्थानको मनाङको ९ खेलमा सतप्रतिशत जितसहित २७ अंक जोडेको छ। यस्तै थ्री स्टारसँग अंक खोस्न सफल आर्मी ९ खेलमा ५ जित, ३ बराबर र १ हारसहित १८ अंकसहित लिगको चौथो स्थानमा छ।
यस्तै आज भएको पहिलो खेलमा विभागीय टिम पुलिस क्लब ब्रिगेड ब्वाईजसँग बराबरीमा रोकिएको छ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले ब्रिगेड ब्वाईजसंग १–१ गोलको बराबरी खेलेको हो। खेलको ५ औ मिनेटमा ब्रिगेडले खेलमा अप्रत्यासित अग्रता लिएको थियो। ब्रिगेडका रितिक खड्काले गोल गरेका थिए।
७५ औ मिनेटमा पुलिस बराबरी गोल गर्न सफल रह्यो। पुलिसका अभिषेक रिजालले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलमा सुरुवातबाटै बिग्रेडलाई दबाबमा राखेको पुलिसले गोल गर्न भने सकेन ।
१६ औ मिनेटमा सन्तोष गुरुङको पासमा कप्तान भरत शाहले हेडिङ पोल नजिकैबाट बाहिरियो । २१ औ मिनेटमा तेज तामाङको कर्नरमा दिनेश राजबंशी हेड बल ब्रिगेका सुजित बुढाथोकीले गोल लाईनबाट बचाएका थिए ।
अंक बाँड्न परेपछि पुलिसको ९ खेलबाट १४ अंक भएको छ । पुलिस तालिकाको पाँचौ स्थानमा यथावत छ । ब्रिगेड ५ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ ।