ग्रेइन्ट थोमसले बीबीसी बर्षको उत्कृष्ट स्पोर्टस ब्यक्तिगत २०१८ अवार्ड जितेका छन्।
विश्व चर्चित साइकल र्याली टुर दी फ्रान्सको उपाधि विजेतासमेत रहेका बेलायती चालक थोमसले फर्मुला वान चालक लुइस ह्यामिल्टन र हेरी केनलाई पछि पार्दै वर्ष व्यक्तित्वको अवर्ड जितेका हुन्।
ह्यामिल्टन दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा हेरी केन रहे।
यसअघि क्रिस फ्रोम र सर ब्राड्ली विगिन्सले टुर दी फ्रान्सको उपाधि जितेका थिए। ३२ वर्षे थोमस अघिल्लो महिनामात्र बीबीसी वेल्स वर्षको उत्कृष्ट खेलाडी बनेका थिए।
वर्षको उत्कृष्ट प्रशिक्षक फुटबलका ग्यारेथ साउथगेट भए। उनकै प्रशिक्षणमा इंग्ल्याण्डले रसिया विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।