राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तरगतको आठौं चरणको खेलमा व्रिगेड ब्वाइजलाई हराउँदै च्यासल युथ क्लबले जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार व्रिगेड ब्वाइजलाई च्यासलले २-० हराएको हो।
खेलको ६५ औं मिनेटमा च्यासलका सन्त बहादुर गुरुङले गोल गरे भने ८१ औं मिनेटमा सञ्जोक राईले गोल गरे।
त्यसपश्चात भने कुनै दुबै टिमले कुनै गोल गर्न सकेन।
च्यासलका सञ्जोक राईलाई म्यान अफ दि म्याचको उपाधि दिइयो।
आठौं खेलमा च्यासलले १३ अंक जोड्दै लिगको छैटौं स्थानमा बसेको छ।