इजिप्ट र लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले फेरि 'अफ्रिकन फुटबलर अफ द इयर' घोषित भएका छन् ।
उनले बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका हुन्।
बिबिसीले यसका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । सूचिमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । भोटि.का आधारमा चयन हुने यस उपाधि २६ वर्षीय सलाहले सर्वाधिक भोट ल्याएर दोस्रोपटक पनि आफ्नो पक्षमा पार्न सफल रहे।
‘पुनः यो उपाधि जित्दा म खुसी भएको छु । र, अर्को वर्ष पनि यो मैले नै जित्ने छु’, उनले प्रशन्नता व्यक्त गर्दै भनेका छन्' , अफ्रिकन फुटबलर अफ द इयर भएपछि सलाहले भने।
प्रिमियर लिगको वर्ष खेलाडी सलाहले लिभरपुलको अन्तिम सिजनमा ५२ खेलमा ४४ गोल गरेका थिए ।
उनले अर्को वर्ष पनि यो उपाधि जित्ने बताएका छन् । ।