सरस्वती युथ क्लबले राजधानीमा जारी सहित स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार न्युरोड टिम एनआरटीलाई १-० ले हराएको हो।
सरस्वतीलाई जिताउन भिक्टोर एमओबीले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
पहिलो हाफमा दुबै टोलीले गोल गर्ने केही राम्रा मौका खेर फालेकाले गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सरस्वतीले खेलमा अग्रता लियो।
त्यसपछि दुबै टोलीबाट गोल नभएपछि सरस्वतीले खेल १-० ले जित्यो।
यो जितसँगै सरस्वतीले लिगमा ८ खेलबाट ९ अंक जोड्दै नवौ स्थानमा पुगेको छ । पराजित एनआरटीको लिगमा १ अंकसहित पुछारमा छ। लिगमा २१ अंकसहित मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ।