मनाङ मर्स्याङ्दीले लगातार सातौं जित हासिल गरेसँगै शीर्ष स्थान कायम गरेको छ।
सोमबार भएको खेलमा मनाङले मच्छिन्द्र क्लबलाई १-० शून्यले हराएसँगै उसले लिगको सातौं खेलमा पनि शीर्ष स्थान कायम गर्न सफल भएको छ।
मनाङका तर्फबाट अफिज अवालेले खेलको ८५ औं मिनेटमा गोल गर्न सफल भएका हुन्।
आफ्नो सातौं खेलमा मनाङले २१ अंक जोड्न सफल भएको छ।
मच्छिन्द्रका गोल किपर दीप कार्की ‘म्यान अफ द म्याच’ घोषित भए।