राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले अंक बाँडेका छन्।
बिहिबार ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो।
यो बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको १२ औं स्थानमा छ। उता मछिन्द्रले ६ खेलबाट ३ अंक जोड्दै १३ औं स्थानमा छ।