युइएफए नेसन्स लिग फुटबलमा पोल्याण्डले पोर्चुगललाई बराबरीमा रोकेको छ।
युइएफए नेसन्स लिग फुटबल अन्तर्गत लिग चरण सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगललाई लिग चरणको अन्तिम खेलमा पोल्यान्डले १-१ को बराबरीमा रोकेको हो।
लिगअन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगललाई पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोके पनि हराउन सकेन।
घरेलु मैदान डोम अलफान्सोमा भएको खेलमा आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो।
पहिलो आफमा १–० को अग्रता बनाएको पोर्चुगल ६३औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। पोर्चुगलका ड्यानिलो परेराले अर्काडिउज मिलिकलाई डि–बक्समा गम्भीर फल गर्दा सोझै रातो कार्ड पाएर मैदान बाहिरिँदा पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीलाई मिलिकले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलमा थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीपछि लिग ए को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रह्यो। यस्तै समूहमा इटालीले ५ तथा पोल्यान्डले २ अंक मात्र जोड्न सक्यो।