विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि कठीन जित निकालेको छ।
मंगलबार राति पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरूग्वेलाई १-० गोलले हराएको हो। फ्रान्सको जितमा ओलिभर जिराउडले निर्णायक गोल गरे ।
पहिलो हाफमा दुबै टिमले गोल गर्ने केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका थिए। खेलअवधिभर उरूग्वेले फ्रान्सलाई दबाबमा राखेपनि गोल गर्ने सकेन।
खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि उरूग्वेले केही राम्रो मौका खेर फालेपछि विश्वविजेता फ्रान्ससँग १-० गोलले पराजित हुन पुग्यो। यसअघि ब्राजिलसँग पनि उरूग्वे १-० गोलले नै पराजित भएको थियो।
खेलको ३६ औं मिनेटमा फ्रान्सका केलियन एम्बाप्पे लडेर घाइते भए। उरूग्वेका गोलरक्षकसँग ट्याकल गर्ने क्रममा काँधमा चोट बोक्दै उनी मैदान बाहिरिएका थिए।