सरस्वती युवा क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
एपीएफ रंगशाला हलचोकमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सरस्वती युवा क्लबलाई १-० ले हराएको हो।
शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे। उनले पहिलो हाफको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भएपछि शेर्पाले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
खेलमा अधिकांश समय बल पोसेसन राखेको शेर्पाले थप गोल गर्ने अवसर पाए पनि गोल थप्न सकेन।
यसअघि शेर्पाले पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेल्दै अंक बाँढेको थियो।
यस जितसँगै शेर्पाको २ खेलमा ४ अंक भएको शेर्पा अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो।
यता पहिलो खेलमा संकटासँग पराजित सरस्वतिको यो लगातार दोस्रो पराजय हो।