इन्जुरी समयको अन्तिम मिनेटमा प्रवीन स्याङतानले गोल गरेपछि राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा एपिएफले पहिलो जित दर्ता गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोस्रो दोस्रो खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० ले हराउँदै लिगको पाँचौ स्थानमा उक्लिएको हो।
निर्धारित समयमा एपीएफ र फ्रेन्डसले नै पाएका केही राम्रा मौका खेर फालेपछि दुबै गोलरहित बराबरीमा हुन लागेका थिए।
दोस्रो हाफको इन्जुरी समयको पनि अन्तिम मिनेटमा स्याङ्तानले गोल गर्दै एपीएफको जारी लिगमा पहिलो जित दिलाए।
पहिलो खेलमा बराबरी खेलेको एपीएफले २ खेलमा ४ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको हो।
फ्रेन्ड्स भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहिन रहेर लिगको ११ औं स्थानमा छ।