शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन्।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटो र एपीएफ मैदानमा हुने आजको खेपछि लिगमा दोस्रो चरणका खेलहरू सकिनेछन्।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहान ११ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन्।
संकटाले आफ्नो पहिलो खेलमा जित हात पार्दा जावलाखेल भने पहिलो खेलमा पराजित भएको थियो। आजको खेलमा दुबै जितका लागि खेल्दैछन्।
सातदोबाटोमै आज दिउँसो सवा दुई बजे हुने दोस्रो खेलमा फ्रेण्डस क्लबले एपीएफ क्लबको सामना गर्दैछ।
पहिलो खेलमा बराबरीमा रोकिएको एपिएफले १ अंक जोडेको छ भने पराजित फ्रेण्डसले कुनै अंक जोड्न सकेको छैन।
यस्तै आजै हुने तेस्रो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती क्लब एपीएफ मैदानमा खेल्दैछन्।
पहिलो चरणको खेलमा पराजित भएको सरस्वती क्लबले अंक जोड्न सकेको छैन भने हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक अंक जोडेको थियो।
यसअघि आइतबार भएको खेलमा थ्री स्टार क्लबले सानदार जित निकाल्दा नेपाल पुलिस क्लबले मछिन्द्रसँग अंक बाँढेको थियो।