बोस्निया एन्ड हर्जगोभिनामाथि स्पेनले संघर्षपूर्ण जित निकालेको छ।
लास पाल्मासमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली स्पेनले १-० को संघर्षपूर्ण जित निकालेको हो।
स्पेनलाई जिताउन ब्रेइस मेन्डिजले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरे।
अत्यान्त प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनले खेललाई आफ्नो नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन। यसअघि स्पेन इंग्ल्यान्डसँग ३–२ ले पराजित भएको थियो।