ओलम्पिक महिला फुटबल अन्तर्गत एसियाली छनोटको पहिलो चरण पार गर्न नेपाली महिला टोली सफल भएका छन्।
यही अवसरमा यांगुनस्थित नेपाली दूतावासमा उनीहरूलाई सम्मान गर्नका लागि कार्यक्रम आयोजना गरिएको थियो।
यांगुनस्थित नेपाली दूतावास, नेपालीभाषी वर्मेलीहरूको साझा संस्था म्यान्मा गोर्खा हिन्दु धार्मिक संघको युवा विभाग र गैर आवासीय नेपाली संघले नेपाली महिला फुटबल टोलीलाई सम्मान गरेका हुन्।
सम्मान कार्यक्रमपछि खेलाडीहरूले नाचगान प्रस्तुत गरेका थिए। जहाँ खेलाडीले निर्धक्क नाच प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित अन्यले भने उनीहरूको नाच हेरेर आनन्द लिइरहेका थिए। कतिले उनीहरूको भिडियो खिचिरहेका थिए भने कोही ताली बजाउँदैमा मस्त देखिन्थे।
ओलम्पिक छनोट दोस्रो चरणका खेलहरू आगामी अप्रिलमा हुनेछ।
१० टिम रहने दोस्रो चरणबाट तीन टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन्।