सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच भएको दोस्रो खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १-० ले अग्रता लिएको छ।
हलचोक मैदानमा सुरू भएको खेलमा त्रिभुवन आर्मीले खेलको २८ औं मिनेटमा गोल गर्न सफल भएको हो। त्रिभुवनका २९ नम्बरका खेलाडीले हेडिङमार्फत् गोल गर्न सफल भएका हुन्।
यसअघि मनाङ मर्स्याङ्दी र न्यूरोड टिमबीच भएको खेलमा मनाङले २-० ले जित हासिल गरेको थियो।
गत असोज १३ गते सुरू भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन्।