भारतलाई हराउँदै बंगलादेश राजधानीमा जारी साफ यु १५ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ।
बिहिबार ललितपुरस्थित एन्फा मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।
बंगलादेशले खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।
भारतले खेलमा लिएको सुरूवाती अग्रता अन्तिम मिनेटमा जोगाउन नसक्दा हार व्यहोर्नुपर्यो।
बंगलादेशले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएको थियो।
निर्धारित समय सम्म दुबै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय सोझै भएको पेनाल्टीबाट गराइएको हो।
पेनाल्टीमा भारतका सुरूवाती दुई प्रहार बंगलादेशी किपरले रोकेका थिए।
बंगलादेशले अब उपाधिका लागि नेपाल र पाकिस्तानमध्ये एकसँग शनिबार फाइनल खेल्नेछ।
नेपाल र पाकिस्तानले अहिले केही बेरमा अन्तिम सेमिफाइनल खेल्नेछन्।