युरोपियन च्याम्पियन रियल मड्रिडका फरवार्ड इस्कोलाई एपेन्डिसाइटिस भएको छ ।
स्पेनिस क्लब रियल मड्रिडले उनलाई गम्भीर अत्यन्त पीडादायी एपेन्डिसाइटिस भएको जनाएको छ। हाल उनको उपचार चलिरहेको छ। ।
उनको शल्यक्रिया गरिनेछ।
इस्काले गत हप्ता च्याम्पियन्स लिग अन्तर्गत रोमासँगको खेलमा रियलका लागि पहिलो गोल गरेका थिए । सो खेलमा रियल मड्रिड ३–० ले विजयी भएको थियो ।
तर अब एपेन्डिसाइटिस भएकाले सो अवस्था सामान्य नभएसम्मका लागि केहि खेलहरू खेल्ने छैनन्। ला लिगामा बुधबार रियल म्याड्रिडले सेभिल्लासँग खेल्दैछ।
इस्को कहिले मैदान फर्किनेछन् भन्ने बारेमा केहि टुङ्गो लागेको छैन ।