रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीच फिफा वर्ष खेलाडी बनेका छन्। सोमबार राती लन्डनमा फिफाले आयोजना गरेको एक समारोहमा उनले फिफा ‘द बेस्ट’ अवार्ड जितेका हुन् ।
वर्ष खेलाडी घोषणा गर्नु अघि सो अवार्डका लागि उत्कृष्ट तीनको सूचिमा मोड्रिकसँगै पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो तथा लिभरपुलका केलाडी मोहम्मद सालेहको नाम सार्वजनिक गरेको थियो।
मोड्रिचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
त्यस्तै मोड्रिचले यस वर्ष रसियामा भएको फिफा विश्वकपमा पस्केको उत्कृष्ट खेलकौशलका लागि गोल्डेन बल विजेता जितेका थिए।
रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा सो प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेन ।
विश्वकपमा पनि उनले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक गतिलो खेल पस्कन सकेनन् । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।
प्रिमियर लिगको गोल्डेन बुट जितेका सालेह भने लिभरपुलका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याएका उनले सो प्रतियोगतामा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।
यस्तै महिला वर्ष फुटबलको अवार्ड ब्राजिल तथा ओरलाण्डोकी फरवार्ड मार्तालाई घोषणा गरियो ।
क्रोएसियालाई ४–२ ले हराएर विश्वकपको उपाधि जितेको फ्रान्सका डिडियर डेसच्याम्पस वर्षका उत्कृष्ट प्रशिक्षक घोषित हुँदा महिला टिमतर्फो उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सेली पुरुष फुटबल टिमका पूर्व मिडफिल्डर रेनल्ड पेड्रोसले पाए ।
गत डिसेम्बरमा इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनसँगको खेलमा गरेको गोलका लागि लिभरपुलका सालेहले उत्कृष्ट गोलका लागि पाउने पुसकास अवार्ड पाए । यस्तै पेरुका समर्थकले फिफा फ्यान अवार्ड पाए ।