बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ ।
युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको सो खेलमा रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै खेलको २९ औं मिनेटमा मैदान बाहिर पठाएका थिए ।
यो रोनाल्डोको फुटबल करियरको ११ औं रातो कार्ड हो। रोनाल्डो बाहिरिएए १० खेलाडीमा सिमित युभेन्ट्र्सले सो खेलमा २-० को जीत हासिल गरेको थियो।
समाचार एजेन्सीहरूका अनुसार रोनाल्डोलाई न्यूनतम १ तथा अधिक्तम ३ खेलसम्मको प्रतिबन्ध लाग्नसक्छ ।
। यदि रोनाल्डोले कारवाहीका कारण ३ खेल गुमाए म्यानचेस्टर युनाइटेडविरुद्ध अक्टोबर २३ र नोभेम्बर ७ मा हुने खेल गुमाउनेछन्।
यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योंग ब्वाइजविरुद्धको खेल्न पाउने छैनन्।
युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिइएको रातो कार्डको छानविन थाल्दैछ ।
उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ ।