युरोपियन फुटबल एशोसिएसन (युइएफए) च्याम्पियन्स लिगको समूह चरणको खेलमा लिभरपुलले सनसनीपूर्ण जित निकालेको छ। बुधबार बिहान पेरिज सेन्ट जर्मनलाई ३–२ गोलले पराजित गर्दै लिभरपुलले जित निकालेको हो।
लिभरपुलको जितमा ब्राजिलियन स्टार रोबर्टो फिर्मिनोले इन्जुरी समयमा सनसनीपूर्ण गोल गरे। मोहमद सालेहको स्थानमा मैदान प्रवेश गरेका फिर्मिनोले इन्युरी समयमा गोल गर्दा टिम बराबरी हुनबाट रोकियो।
लिभरपुलका डेनियल स्ट्ररिजले ३० मिनेटमा गोल गरेका थिए। ३६ मिनेटमा जेम्स मिल्नरले अर्को गोल थपेपछि लिभरपुलको अग्रदा दोब्बर बन्यो।
६ मिनेट फरकमा दुई गोल खाएपछि सेन्ट जर्मनमाथि दबाब बढेको थियो। ४० मिनेटमा थोमस म्युनियरले ४० मिनेटमा गोल गरेपछि सेन्ट जर्मन खेलमा फर्किएको थियो। तर, खेलमा फर्के पनि ब्राजिलियन स्टार नेयमारमा जुनियर र उरुग्वेका एडिन्सन काभानीले स्कोर गर्न सकेनन्।
८३ मिनेटमा नेयमारको पासमा किलियन एमबाप्पेले गोल गरेपछि टिम बराबरीको स्थितिमा पुगेको थियो। तर, फिर्मिनोले इन्युरी समयमा गोल गर्दा पेरिस सेन्ट जर्मन ३–२ मा समेटियो।