अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू गरेको छ।
पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि सुरू हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको बताइएको छ।
एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौंका पाँच तथा ललितपुर र भक्तपुरका एक/एक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ ।
पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।