अफ्रिकी देश लाइबेरियाका राष्ट्रपति जर्ज वेहले देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेका छन्।
लाइबेरियाका पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका जर्ज मंगलबार नाइजेरिया विरूद्धको मैत्रीपूर्ण खेल खेलेका हुन्।
सो खेलमा लाइबेरिया आफ्नो गृहमैदानमा २-१ ले पराजित भयो। उनले ७९ मिनेट मैदानमा उत्रेका थिए।
उनी फिफाको वल्ड प्लेयर अफ द इयर जित्ने पहिलो अफ्रिकी खेलाडी हुन्। लाइबेरियाले उनले आफ्नो करियरको उत्कर्षमा रहँदा लाउने गरेको १४ नम्बरको जर्सीलाई बिदाइ गर्नका लागि सो मैत।रीपुर्ण फुटबलको आयोजना गरेको थियो।
एसी मिलानका पूर्व स्ट्राइकर जर्जले गत जनवरीमा लाइबेरियाको राष्ट्रपतिका रूपमा सपथ लिएका थिए।
७९ मिनेट खेलेर मैदान बाहिर निस्कादा उनलाई खेल हेर्न उपस्थित दर्शकले उठेर सम्मानपूर्ण बिदाइ गरेका थिए।
मैत्रीपूर्ण केलमा नाइजेरिया तुलनात्मकरूपमा आफ्ना बलिया खेलडीसहित मैदानमा लाइबेरियाविरूद्ध उत्रेको थियो। उसको टोलीमा लिचेस्टरका विलफ्रेड एनडिडी, मिडफिल्डर पिटर एटेबो, केलेचि इयाचो जस्ता खेलाडी थिए।
सो खेलमा नाइजेरियाले कर्नरबाट प्राप्त बललाई हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो। सो गोल सिमेओन नवानकेओले गरेका थिए। यस्तै दोश्रो गोल हेनेरी ओन्एकुरीले गरेका थिए।
लाइबेरियाका लागि कपा सेरमनले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए।
जर्जले १४ वर्ष फ्रान्स, बेलायत तथा इटालीका क्लबमा व्यवसायिक फुटबल जीवन बिताएका छन्। उनलाई सर्वकालिन महान अफ्रिकी खेलाडी मानिन्छ।
उनले सन् २००३ मा आफ्नो १८ वर्ष लामो फुटबल करियरलाई विराम लगाएका थिए।
फुटबलपछिबाट सन्यास लिएपछि राजनीतिमा प्रवेश गरेका गर्जलाई राष्ट्रपति पदका लागि भने दोश्रोपटकमा मात्र सफलता हात पर्यो। पहिलो पटक सन् २००५ मा मैदानमा उत्रेका उनी एलेन जोनसन सरलीफसँग दोश्रो चरणको मतदानमा पराजीत भएका थिए।
कंग्रेस फर डेमोक्रेटिक चेन्ज पार्टी बनाउदै राजनीतिमा होमिएका उनी सन् २०११ मा उपरष्ट्रपति पदका लागि पनि भिडेका थिए जसमा पनि उनी पराजित भए। सन् २०१४ मा लाइब्रेलयन सिनेटका रूपमा विजयी भएका जर्ज अन्तत: गत वर्ष तात्कालिन उप-राष्ट्रपति जोशेप बोइकाइलाई पराजित गर्दै लाइबेरियाको राष्ट्रपति बन्न सफल भए।