साफ च्याम्पियनसिपको सेमिफाइनल खेलको दोस्रो हाफमा माल्दिभ्ससँग नेपाल ३ गोलले पछाडि परेको छ।
बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो। माल्दिभ्सले दोस्रो गोल ८४ मिनेटमा थप्यो। दुई मिनेट नबित्दै माल्दिभ्सले अर्को गोल थपेको हो।
भारी वर्षापछि २७ औं मिनेटमा खेल रोकिएको थियो। झन्डै आधा घन्टापछि सुरू भएको खेलको पहिलो हाफ सकिँदा नेपालले गोल फर्काउन सकेन।