रसिया विश्वकपको उपविजेता क्रोएसिया पोर्चुगलसँग बराबरीमा रोकिएको छ। विश्वकप फुटबलपछि भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा क्रोएसिया पोर्चुगलसँग १-१ को बराबरीमा रोकिएको हो।
बिहीबार राति क्रिष्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगललाई क्रोएसियाले बराबरीमा रोकेको हो।
पोर्चुगलको घरेलु मैदान लिस्बोनमा भएको खेलमा क्रोएसियालो खेलको १८ औं मिनेटमा इभान पेरिसिकको गोलबाट अग्रता लिएको थिएको थियो। तर, ३२ औं मिनेटमा पेपेले गोल गर्दै खेलललाई बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बरबारीमा सकिएको खेलमा त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन। र खेल बराबरीमा सकियो।