कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा परेका छैनन्।
क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्।
आगामी भदौ २१ गते पोर्चुगलले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। यस्तै युईएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलले भदौ २४ गते इटासँग हुने खेलमा पनि रोनाल्डो नखेल्ने भएका छन्।
क्रोएसियासँगको खेलका लागि पोर्चुगलले घोषणा गरेको टोलीमा रोनाल्डो परेका छैनन्। रोनाल्डो आफ्नै चाहना अनुसार पोर्चुगलको टोलीमा नपरेका हुन्। इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले आराम गर्ने बताईएको छ।
३३ वर्षका रोनाल्डो यो सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् । उनले पोर्चुगलका पछिल्ला २० मैत्रीपूर्ण खेलमध्ये ८ वटामा मात्रै खेलेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरेका छन् ।
गएको जुलाईमा सम्पन्न भएको रुस विश्वकपमा उनले चार गोल गरे । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो ।
रोनाल्डो अहिले इटालीमा सेटल हुने प्रयासमा रहेकाले दुई खेलका लागि टिममा नराखिएको प्रशिक्षक फर्नान्डो सान्तोसले बताए।