इन्डोनेशियामा जारी १८ औं संस्करणको एसियाड अन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ।
सुरूवाती अग्रता लिएको नेपालले जोगाउन नसक्दा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित हुन पुग्यो।
नेपालका लागि रोहित चन्दले सुरूवाती गोल गरेका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो।
यद्यपी पाकिस्तानविरूद्ध गरेको गोल करिब चार दशक पछि नेपालले एसियाड फुटबलमा गोल गरेको हो।
खेलको १२ औं मिनेटमा रोहितले नेपालका लागि गोल गरेका थिए।
यसअघि एसियाड फुटबलमा नेपालले अन्तिमपटक सन् १९८२ मा गोल गरेको थियो। एसियाड फुटबलमा त्यो नै नेपालको एकमात्र गोल रहेको छ। त्यतिबेला नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए।
नेपालले अहिलेसम्म एसियाड फुटबलमा खेलेका सबै १७ खेलमा पराजय भोग्दै ६८ गोल खाएको छ। भने १ गोल मात्र गरेको थियो।